काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकतर्फ ३२ जनाको नाम टुंगो लगाएको छ।
आज बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिपछि पदाधिकारीसँगको छलफलपछि सभापति शेरबहादुर देउवाले बन्दसूचीबाट समावेशिताको आधारमा सांसदको नाम टुंगो लगाएको हो।
प्रत्यक्षमा ५७ सीट जितेको कांग्रेसले समानुपातिकतर्फ ३२ सिट पाएको छ। ३२ मध्ये २९ जना महिला रहेका छन् भने पुरुष तीन जना मात्रै रहेका छन् । ३३ प्रतिशत महिला हुनुपर्ने प्रावधानका कारण कांग्रेसबाट तीन जना पुरुषमात्रै समानुपातिक सांसद बनेका छन्।
आदिवासी जनजातितर्फ
१ सरस्वती बजिमय
२ लिलादेवी बोखिम
३ सिता कुमारी राना
४ सुशीला थिङ
५ सपना राजभण्डारी
६ माया राई
७ कुसुम थापामगर
८ मनोरमा सेरचन
खस आर्यतर्फ
९ अम्बिका बस्नेत
१० सरिता प्रसाईं
११ आरजु राणा देउवा
१२ ईश्वरी न्यौपाने
१३ प्रतिमा गौतम
१४ मञ्जु खाँण
१५ रमा कोइराला पौडेल
१६ कान्तिका सेजुवाल
१७ मैना रावल कार्की
मधेसी तर्फ
१८ नागिना यादव
१९ मुक्ता कुमारी यादव
२० चन्दा चौधरी
२१ संगिता मण्डल
२२ निनुकुमारी कर्ण
दलित तर्फ
२३ शान्ति विक
२४ रुपा विक
२५ सीता मिजार
२६ आशा विक
थारु तर्फ
२७ कल्पना चौधरी
२८ विना कुमारी थनेत
मुस्लिम तर्फबाट
२९ जावेदा खातुन् जागा
तीनजना पुरुष (विकल्पसहित)
१. जीवन परियार (दलिततर्फ)
२. विमलेन्द्र निधि (मधेसीतर्फ)
३. प्रकाशशरण महत (खस आर्यतर्फ)