नुवाकोट। विदुर नगरपालिका–१० भैसेमा दुई बस ठोक्किँदा ७ जना यात्रु घाइते भएका छन् ।
तिरतिरेभीरमा बा४ख ८८२ नम्बरको रसुवाको बेत्रावतीबाट आएको बस बस मोडदै गर्दा बेत्रावतीतर्फबाटै आएको अर्को प्रदेश ३ को ०१००५ ख ९३५४ नम्बरको बसले ठक्कर दिँदा यात्रुहरु घाइते भएका हुन।
घाइते भएका यात्रुलाई उपचारका लागि जिल्ला अस्पताल त्रिशूली पठाइएको छ ।