पोखरा । प्रतिनिधि सभा सदस्य विद्या भट्टराईले राजनीतिमा पनि लैङ्गिक हिंसा सहनु परेको बताएकी छन् ।
पोखरा महानगरपालिकाको आयोजना र वडा नम्बर १७ को संयोजनमा आयोजित ३१ औ लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको आज १५ दिनको कार्यक्रममा सामुदायिक अन्तरक्रिया कार्यक्रममा भट्टराईले आफू महिलाको प्रतिनिधि भएकाले सबैको साझा व्यक्ति भएको बताइन ।
यस्तै पोखरा वडा नम्बर १७ की अध्यक्ष राधिका शाही योगीले समाज रूपान्तरणका लागि ब्यत्तिको सोच परिवर्तन हुनुपर्नेमा जोड दिइन् । जिल्ला समन्वय समितिका सदस्य सीता विश्वकर्माले महिलाहरू प्रति हेर्न दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्ने बताइन ।
महानगर न्यायिक समिति सदस्य कालिदास पोखरेल हिंसा उजागर गरेर अन्त्यका लागि योजना ल्याउनुपर्ने बताए ।