काठमाडौं। भक्तपुर, कञ्चनपुर, पर्वत र काभ्रेमा चारजना मृत अवस्थामा फेला परेका छन्।
भक्तपुर नगरपालिका–२ औद्योगिक क्षेत्रस्थित पिपलबोट चौतारामा हाल नाम, थर, वतन नखुलेकी ४० वर्षीया महिला मृत अवस्थामा फेला परेकी छन्।
कञ्चनपुरको पुनर्वास नगरपालिका–११ अमरबस्ती बस्ने ३५ वर्षीय हरि कार्की सोही ठाउँस्थित सडकमा छेउमा मृत अवस्थामा फेला परेका छन्।
पर्वतको कुश्मा नगरपालिका–३ डाडाथोक बस्ने ४० वर्षीया कुमारी सार्की आफ्नै घरको भान्सा कोठामा मृत अवस्थामा फेला परेकी छन्।
काभ्रेको भुम्लु गाउँपालिका–२ सिमथली टारीश्वरास्थित बारीमा हाल नाम, थर, वतन नखुलेको नवजात शिशुको शव फेला परेको छ।