टीकापुर। निजी संरचनामा डोजर लगाएको भन्दै टीकापुर नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ।
नगरपालिकाले अतिक्रमण गरी संरचना हटाएको भन्दै घरधनीहरूले आज तालाबन्दी गरेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए।
टीकापुर नगरपालिकाले १९ गते वडा नम्बर ४ मौरनियामा अतिक्रमण गरी निर्माण गरिएको संरचना हटाउन डोजर लगाएको थियो। त्यो बेला नरेन्द्र बोहरा र पदम कठायतले निर्माण गरेको संरचना हटाइएको थियो।
उनीहरूले निजी जग्गामा नगरपालिकाले डोजर लगाएको भन्दै तालाबन्दी गरेको जनाएका छन्। आफ्नो नाममा रहेको जग्गामा नगरपालिकाले डोजर लगाएको स्थानीय नरेन्द्र बोहराको आरोप छ।
तालाबन्दीपछि नगरपालिकाको कामकाज प्रभावित भएको छ। तालाबन्दीपछि ताला लगाउनेहरूसँग छलफल भइरहेको प्रहरीले जनाएको छ।