रुपन्देही। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन्।
आज बुटवलमा पत्रकारसँग कुरा गर्दै उनले एमालेले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन्।
उनले भने, ‘जनमतका हिसाबले एमाले ठूलो पार्टी हो तर श्रेष्ठताका हिसाबले दोस्रो भएका छौँ त्यसैले हामी सरकारमा जाँदैनौँ।’
सरकारबारेको प्रश्नमा पार्टीले कुनै पनि दलसँग छलफल नगरेको स्पष्ट पार्दै नेता पौडेलले बहुमत नपुगेपछि त्यसका लागि कुनै पहलकदमी नलिएको बताए।
सरकार दल विशेषको नहुने जनाउँदै रुपन्देही क्षेत्र नं २ का प्रतिनिधसभा सदस्यसमेत रहेका पौडेलले एमालेको नेतृत्वमा सरकार बन्नु र नबन्नुले रुपन्देहीको विकासलाई असर नगर्ने उल्लेख गरे।