काठमाडौं। काठमाडौंमा शुक्रबार अत्यधिक सवारी जाम भएको छ।
विशेष गरी कोटेश्वर–बल्खु रुट र ‘कोर एरिया’मा ट्राफिक जाम भएको छ।
काठमाडौं उपत्यका ट्राफिक कार्यालयका अनुसार पुल्चोक इन्जिनियरिङ क्याम्पसमा दीक्षान्त समारोह हुने भएकाले ‘कोर सिटी’मा अत्यधिक जाम भएको हो। दीक्षान्त समारोहमा करिब १० हजारजना सहभागी हुँदैछन्।
ललितपुरको ग्वार्कोमा फ्लाइओभर निर्माण भइरहेकाले कोटेश्वर–बल्खु रुटमा जाम भएको ट्राफिक प्रहरीले जनाएको छ।