काठमाडौं । नेकपा एमाले सचिवालय बैठक स्थगित भएको छ।
आज दिउँसोका लागि बोलाइएको एमाले सचिवालय बैठक अन्तिम समयमा आएर स्थगित भएको हो। बैठक स्थगितको कारण भने खुलाइएको छैन।
बैठकमा समानुपातिकतर्फका सांसदको छनोट, निर्वाचन समीक्षालगायतका समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुने कार्यसूची थियो।