पोखरा। डेढ दशकदेखि पोखराको पर्यटन क्षेत्रमा क्रियाशील पोखराकै प्रतिष्ठित ‘चिल्ली ग्रुप’ले हिमालयन ग्लोरी इन प्रालि होटल तथा थ्री सिक्स्टी स्काई लाउन्ज रेस्टुरेन्ट संचालनमा ल्याएको छ।
पोखराको लेकसाइडस्थित हल्लनेचोकमा रहेको प्रालि १२ करोड लगानीमा शुरु गरिएको समुहद्वारा पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।
एउटै छाना मुनि बिभिन्न सुबिधा रहेको हिमालयन ग्लोरीको माथिल्लो तीन तलामा बनाइएको होटलमा वातानुकुलित बल्कानी सहित १५ कोठाहरु रहेका छन्। माथिल्लो दुई तलामा बनेको रेष्टुरेष्ट ‘स्काई गार्डेन’को अवधारणा अनुरुप बनाइएको प्रालिका निर्देशक भिष्मराज पौडेलले जानकारी दिए।
आधुनिक लिफ्ट समेत जडान गरिएको भवनबाट फेवाताल, सराङकोट, शान्ति स्तुपा, पुम्दिकोट लगायत लेकसाइड वरपरको दृश्यावलोकन गर्न सकिन्छ।
हरेक हप्ताको ३ दिन ‘सोलो आर्टिष्ट’को सांगेतीक प्रस्तुती रहने रेष्टुरेण्ट परिसरमा हरियाली र बगैचा निर्माण गरिएको छ।