पोखरा । पोखरामा पुस ६ गतेदेखि नेपाल लिटरेचर फेस्टिभल हुने भएको छ। पुस १० गतेसम्म हुने सो फेस्टिभलमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्न्री केपी ओली वक्ताका रूपमा रहने जनाएको छ।
बुक वर्म फाउन्डेसनले आयोजना गर्ने फेस्टिभलमा वक्ताका रूपमा ओलीको सहभागिता हुने फेस्टिभल निर्देशक नीरज भारीले जानकारी दिए ।भारीका अनुसार ओलीसँग फेस्टिभलमा गैर राजनीतिक विषयमा कुराकानी हुनेछ ।
लिटरेचर फेस्टिभलको १० औँ संस्करण पोखरा लेक साइडको वाराही घाट नजिक फेवाताल किनारमा हुने भएको हो ।