धनगढी । कैलालीमा हँसिया प्रहार गरेर सालाको हत्या गर्ने ५० वर्षीया गौरीलाल ढुङगानाले प्रहरीमा आत्मसमर्पण गरेका छन्। जोशीपुर गाउँपालिका–६ का ढुङ्गाना आफै इलाका प्रहरी कार्यालय सडकपुरको सम्पर्कमा आएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले उनी सम्पर्कमा आएपछि नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए।
ढुङगानाले मंगलबार जोशीपुर गाउपालिका ६ कुमारी बागका ३३ वर्षीय पदमराज भण्डारीको हसिया प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ।उनको हँसिया प्रहारबाट सोही ठाउँका ४० वर्षीय जयराज भण्डारी गम्भीर घाइते भएका छन्। उनको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ।