काठमाडौं । प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालका अनुसार समानुपातिकतर्फको पनि मतगणना सकिएको छ ।
“मत गणना सम्पन्न भएको छ । आयोगको वेबसाइटमा राखिएको मत नै फाइनल मत हो,” उनले भने ।
आयोगका अनुसार कुल एक करोड ५ लाख ६० हजार ६७ मत सदर भएको छ । जसमा सबैभन्दा धेरै नेकपा (एमाले)ले पाएको छ । उसनले २८ लाख ४५ हजार ६४१ मत पाएको आयोगले जनाएको छ ।



