काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ सरकारले अर्थतन्त्र सुधार्न ध्यान दिनुपर्ने बताएका छन् ।
मंगलबार कांग्रेस नेता गुरुराज घिमिरेको पुस्तक ‘बाटो बिराएको राजनीति’ सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले अर्थतन्त्र डिलमा पुगेको बताए ।
‘नयाँ सरकारले बुझेर काम गरेन भने अर्थतन्त्र डिलमा पुगिसक्यो । भान्सा मात्र महँगो होइन, अर्थतन्त्रले धान्न नसक्ने भइसक्यो,’ उनले भने । देश बदल्न पुरानो शैलीले नहुने भन्दै नयाँ ढंगमा अघि बढ्नुपर्ने उनले बताए । ‘अब यसरी हुँदैन भन्ने, बदल्न पनि नसक्ने अवस्थामा छौँ । देश बदल्न लागौँ भन्दा बाबुहरूको उमेर कति हो भनेर सोध्ने रु’ गगनले प्रश्न गर्दै भने ।
कांग्रेस इतरसमूहमा समस्या नरहेको उनले बताए । ‘शेखर कोइराला हाम्रो नेता हुनुहुन्छ । उहाँकै नेतृत्वमा महाधिवेशन लड्यौँ । हाम्रो विश्वासमा रत्तिभर तलमाथि भएको छैन । एकै ठाउँमा रहेर व्यापक छलफल गर्छौं,’ महामन्त्री थापाले भने ।