सुनसरी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता कायमै राखेका छन् ।
अहिलेसम्म कार्कीले २५ हजार ९ सय ४२ मत प्राप्त गरेका छन् । नेकपा एमालेका जगदिश कुसियैतले २५ हजार ६ सय २२ मत प्राप्त गरेका छन् ।
सरकारका प्रवक्तासमेत रहेका कार्कीले मतगणनाका क्रममा धाँधली भएको आरोप लगाउँदै पुनः गणनाको माग राखेपछि शनिबारदेखि स्थगित भएको मतगणनाको कार्य मंगलबार साँझबाट सुचारु भएको थियो । अहिले मतगणना जारी छ ।