काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ झण्डै एक करोड मत गणना भएको छ।निर्वाचन आयोगका अनुसार हालसम्म ९९ लाख ७६ हजार ५२९ मत गणना हुँदा नेकपा एमाले पहिलो स्थानमा कायमै छ।
एमालेले २६ लाख ८९ हजार ३८३ मत पाएको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसको २५ लाख ४२ हजार ७४२ मत छ।यस्तै तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रको ११ लाख ४२ हजार ८७८ मत छ भने चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको १० लाख ९७ हजार ५७५ मत छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ६८ हजार ९६३ मतसहित पाँचौँ स्थानमा छ भने छैटौं स्थानमा रहेको जनता समाजवादी पार्टीको ३ लाख ८७ हजार ४९१ मत छ।यस्तै, जनमत पार्टीले ३ लाख ४५ हजार ६६८ मत पाउँदा नेकपा एकीकृत समाजवादी पार्टीले २ लाख ८० हजार ४२२ मत पाएको छ।
कुनै पनि राजनीतिक दलले राष्ट्रिय दलको मान्यता पाउन कुल सदर मतको ३ प्रतिशत कटाउनुपर्ने व्यवस्था छ। एकीकृत समाजवादीलाई तीन प्रतिशत मत कटाउन मुस्किल हुने देखिएको छ।