काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा हुने विकृति र विसंगतिलाई रोक्न रोजगार व्यवासायीलाई निर्देशन दिएका छन् ।
पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपालीहरू ठगिने र सम्झौता अनुसारको काम नपाउने गुनासो बढ्न थालेपछि यसको व्यवस्थापन गर्न मन्त्री कुँवरले व्यवसायीलाई निर्देशन दिएका हुन् ।
मंगलबार मन्त्रालयमा १ हजारभन्दा बढी कामदार मलेसिया पठाउने म्यानपावर व्यवसायीसँग भएको छलफलमा कुँवरले वैदेशिक रोजगारीलाई मर्यादित र सुरक्षित बनाउन सबै मिलेर जानुको विकल्प नभएको बताए ।
मलेसियमा फ्रि भिसा फ्रि टिकट भए पनि कामदारबाट चर्को रकम असुलेका खबर बाहिर आइरहेकाले यसको जिम्मेवार व्यक्ति म्यानपावर व्यसायी नै भएको टिप्पणी गरेका थिए ।