धनुषा । धनुषाको ४ नम्बर प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठ विजयी भएका छन् ।
निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका महेन्द्र यादवलाई १२४ मतले पराजित गर्दै महासेठ विजयी भएका हुन् ।
महासेठले ३२ हजार २३६ मत पाउँदा यादवले ३२ हजार ११२ मत पाएका छन् ।जनता समाजवादी पार्टीका महाजन यादवले ५ हजार २१२ मत पाएका छन् ।