विराटनगर । विराटनगर विमानस्थलमा तोडफोड भएको छ। विमान कम्पनीले उडानमा ढिलासुस्ती गरेको भन्दै आक्रोशित यात्रुले तोडफोड गरेका हुन्।
विराटनगर विमानस्थलका प्रमुख रेन्जी शेर्पाले सोमबार राति विमान समयमा उड्न नसक्दा आक्रोशित यात्रुले विमानस्थलको सिसा फुटाएको जानकारी दिए।
तोडफोडबाट विमानस्थलमा सामान्य क्षति पुगेको छ। सोमबार बेलुका श्री एयरलाइन्सको विमान साढे ७ बजेको समयमा उडान भर्नुपर्नेमा जहाज करिब सवा घण्टा ढिलो आएपछि यात्रु आक्रोशित बनेका थिए।
राति ८ बजेर ४५ मिनेटमा विमान विमानस्थलमा अवतरण गरेर विमान कम्पनीले काठमाडौँ फर्कन नसक्ने जनाएपछि यात्रु आक्रोशित भएका हुन्।