काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो पार्टी सरकारमा तत्काल नजाने बताएका छन् ।जनमत प्रतिपक्षमै रहने आएकोले सरकारमा जाने विषयमा तत्काल योजना नरहेको अध्यक्ष लिङदेनको भनाई छ ।
आइतबार पत्रकारसँग कुरा गर्दै अध्यक्ष लिङदेनले प्रतिपक्षमा रहेर सुशासन र भ्रष्टाचार विरोधी अभियानलाई निरन्तरता दिने बताए ।आफ्नो पार्टी बहुमत र अल्पमतको खेलमा नलाग्ने अध्यक्ष लिङदेनको भनाई छ ।
भ्रष्ट्राचार गरेर खानु भानेको आमाको रगत खाए बराबर हुने राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनको राजनीतिक नीति समेत रहेको छ । राप्रपा सोही नारा लिएर चुनावमा होमिएको थियो ।