चितवन । चितवनस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला कार्यालयमा आगलागि भएको छ । भरतपुर–११, भोजाडस्थित कुमारीचोकमा रहेको जिल्ला कार्यालयमा आगलागि भएको प्रहरीले जनाएको छ ।
आगलागिबाट कार्यालय भित्र रहेका केही फर्निचरका सामाग्रीहरु कुर्चि,झण्डा जलेका छन् । प्रहरीको अनुसार बाहिर ढोकामा चाबी लागिरहेको अवस्थामा भित्रका केही सामान जलेका छन् ।