काठमाडौँ । आइतबार बिहान देशका पश्चिमी उच्च पहाडी भूभागहरुमा आंशिक बदली रहेको छ । अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाउँदै महाशाखाले आइतबार दिउँसो प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली रहने जनाएको छ ।
यस्तै राति प्रदेश नं १ र बागमती प्रदेशको पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।