सुनसरी । सुनसरीको प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार भीम आचार्य विजयी भएक छन् ।
अन्तिम मत परिणामअनुसार एमालेका आचार्य ५ हजार ९ सय ५० मतान्तरले विजयी भएका हुन् । उनले ३२ हजार ८ मत प्राप्त गर्दा प्रतिस्पर्धी नेपाली कांग्रेसका सीताराम मेहताले २६ हजार ५८ मत प्राप्त गरे ।