काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ प्रधानमन्त्री देउवा र राजदूतका बीचमा भेटवार्ता भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार अरुण सुवेदीले बताए ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको परिणाम आइरहेको बेलामा भारतीय राजदूतले प्रधानमन्त्री देउवालाई भेटको हुन् ।
निर्वाचनपछि बन्ने सकारको विषयमा सर्वत्र चासो बढिरहेको बेला उनीहरुको भेट भएको हो । भेटमा भारतीय राजदूत श्रीवास्तवले समसामयिक राजनीतिक विषयमा चासो राखेको बताइएको छ ।