काठमाडौँ, १० फागुन – भारतीय बलरको विवादका कारण काठमाडौँ गोल्डेन्सले क्वालिफायर खेल बहिस्कार गरेपछि महेन्द्रनगर युनाइटेड धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ।
शुक्रबार हुने भनिएको क्वालिफायर खेलको निर्धारित समयमा काठमाडौँ गोल्डेन्सका खेलाडी मैदानमा नआएपछि अफिसियलहरुले महेन्द्रनगरलाई विजेता घोषणा गरेका हुन्।
तोकिएको समयमा काठमाडौं गोल्डेन्स मैदान प्रवेश नगरेपछि आईसीसीको नियमअनुसार महेन्द्रनगरलाई विजेता घोषित गरिएको हो। अब डीपीएलको फाइनलमा महेन्द्रनगरले सीवाईसी अत्तरियासँग खेल्नेछ।