काठमाडौँ, १० फागुन – इंग्लिस क्लब चेल्सी घरेलु मैदानमा शानदार जीत निकाल्दै युरोपा लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ। बिहीबार राति लण्डनस्थित स्टाम्फोर्ड ब्रिज स्टेडियममा सम्पन्न राउण्ड अफ ३२ को दोस्रो लेगको खेलमा स्वीडेनको माल्मोलाई ३–० गोलअन्तरले पराजित गर्दै चेल्सी अन्तिम १६ मा प्रवेश गरेको हो।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिए पनि दोस्रो हाफमा चेल्सीले ओलिभर जिरुडको गोलमार्फत ५५औँ मिनेटमा अग्रता लिएको थियो। त्यसको १९ मिनेटमा चेल्सीले पुनः दोस्रो गोल गर्यो। खेलको ७४औँ मिनेट चेल्सीका इंग्लिस मिडफिल्डर रोस बार्क्लेले फ्रि–किकमालाई गोलमा परिणत गर्दै चेल्सीको अग्रता दोब्बर पारे।
त्यसको पुनः १० मिनेट पछि युवा खेलाडी हडसन ओडईले गोल गर्दै चेल्सीको जीत सुनिश्चित गरेका हुन्। पराजित माल्मोका रासमस बेग्टसन ७३औँ मिनेटमा रातो कार्ड खादै मैदान बाहिरिएपछि माल्मो १० खेलाडीमा सिमित बनेको थियो। यसअघि घरेलु मैदानमा भएको खेलमा माल्मो चेल्सीसँग २–१ गोलअन्तरले स्तब्ध भएको थियो।