काठमाडौँ । काठमाडौंमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिपअन्तर्गत आज समूह ‘ए’ का दुई खेल हुँदैछन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा पाकिस्तान र बंगलादेश भिड्ने छन् । खेल दिउँसो १ बजेबाट सुरु हुनेछ ।
पाकिस्तान आज पहिलो जितको खोजीमा छ । उसले पहिलो खेलमा भारतसँग ३–० गोलको हार बेहोरेको थियो । बंगलादेश भने लगातार दोस्रो जित निकाल्ने प्रयासमा छ । उसले पहिलो खेलमा माल्दिभ्सलाई ३–० ले हराएको थियो।
यस्तै, साँझ साढे ५ बजेबाट सुरु हुने दोस्रो खेलमा साविक विजेता भारतले माल्दिभ्सको सामना गर्दैछ । भारत लगातार दोस्रो जितको लक्ष्यसहित मैदान उत्रिने छ । उसले पहिलो खेलमा पाकिस्तानलाई ३–० हराएको थियो ।
माल्दिभ्स भने पहिलो जित निकाल्ने प्रयासमा हुनेछ । ऊ पहिलो खेलमा बंगलादेशसँग पराजित ३–० भएको थियो ।