काठमाडौं । बंगलादेशले श्रीलंकामा जारी साफ यू-१७ पुरुष फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ ।
बुधबार भएको खेलमा माल्दिभ्सलाई ५-० गोल अन्तरले हराउँदै बंगलादेशले अन्तिम चारको यात्रा तय गरेको हो ।
बंगलादेशको जितमा मिराजुल इस्लामले ह्याट्रिक गरे ।नाजमुल हुदा फैसल र मुर्सेद अलीले १/१ गोल गरे ।
यस जितसँगै समूह 'ए' को बंगलादेशले २ खेलमा शतप्रतिशत जित निकाल्दै ६ अंक जोडेको छ ।सोमबार भएको पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई ५-१ गोल अन्तरले हराएको थियो ।