काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले महिला साफ च्याम्पियनसिप २०२२ को उद्घाटन गर्ने भएका छन् ।
काठमाडौंमा हुने साफ महिला च्याम्पियनसिपको उद्घाटन खेलकुद मन्त्री गहतराजले गर्ने भएका हुन् ।
एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईले उद्घाटन सत्रमा मन्त्री गहतराजलाई दिएको निम्तो उनले स्वीकार गरेका थिए । प्रतियोगिता मंगलबारदेखि काठमाडौंको दशरथ रंगशालामा सुरु हुँदैछ ।
साँझ ५ः३० बजे सुरु हुने उद्घाटन खेलमा आयोजक नेपालले भुटानसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा सहभागी हुन सबै टोली आइपुगेका छन् ।