काठमाडौँ । नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबलमा सहभागिता जनाउन बंगलादेशको टोली नेपाल आईपुगेका छन् ।
बंगलादेशको टोली शनिबार नेपाल आईपुगेका हुन् । बंगलादेशको टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीले स्वागत गरेका थिए ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने महिला साफ च्याम्पियनसिप भदौ २१ देखि असोज ३ गतेसम्म हुनेछ ।
बंगलादेश समूह 'ए' मा रहेको छ । यस समूहमा बंगलादेशसँगै साविक विजेता भारत, पाकिस्तान र माल्दिभ्स रहेका छन्।बंगलादेशले माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।