काठमाडौं। नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन्।
राष्ट्रपति कार्यालयमा कार्यक्रममा नवनियुक्त मन्त्रीहरूले शपथ लिएका हुन्। सोमबार नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ खुवाइन्।
उक्त कार्यक्रम राष्ट्रपति भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायत उच्च पदस्थको सहभागीता थियो।
आइतबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले नयाँ मन्त्री नियुक्त गरेकी थिइन् ।
आइतबार एकीकृत समाजवादीका जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उडड्यन, मेटमणि चौधरीलाई शहरी विकास, भवानीप्रसाद खापुङलाई बढुवा गर्दै स्वास्थ्य तथा जनसंख्या, शेरबहादुर कुँवरलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरिएको थियो।
स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका केसीलाई प्रधानमन्त्री देउवाले सपथ खुवाए।
नवनियुक्त मन्त्रीहरूले आजै कार्यभार सम्हाल्ने छन्।