काठमाडौँ, ९ फागुन – खेलकुद विकास सम्बन्धमा व्यवस्था गर्न बनेको प्रस्तावित विधेयकले अब खेलमा मिलेमतो (म्याच फिक्सिङ) गरी परिणाम निकालेमा ३ वर्ष कैद हुने व्यवस्था गरेको छ।
नेपालभित्र वा नेपालको प्रतिनिधित्व गरी नेपालमा वा विदेशमा कुनै खेलाडीसँग प्रतिपर्धा गर्दा म्याच फिक्सिङ गरेमा त्यस्तो व्यक्ति वा खेलाडीलाई तीन वर्ष कैद र रु. ३० हजार जरिवाना तथा दुवै सजाय हुने व्यवस्था प्रस्तावित विधेयकले गरेको छ।