नेकपा एमालेको दशौं महाधिवेशन अन्तिम चरणमा पुगेको छ । चितवनको सौराहाबाट महाधिवेशन टुंगिन लाग्दै गर्दा अन्तिम बन्द सत्र शुरु भएको छ ।
राति ८ बजेपछि बन्द सत्र शुरु भएको भए पनि अध्यक्ष केपी शर्मा ओली भने बन्द सत्रको हलभित्र पुगेका छैनन् । अध्यक्ष मण्डलको बैठक बसिरहेको छ । अध्यक्षमण्डलको बैठक सकिएपछि बन्द सत्र संचालन हुनेछ ।
आज दिनभर नै टीका लगाएर दिने पदहरुको बारेमा पटक पटक गोप्य छलफल भएको थियो ।यता अध्यक्षमा लड्ने घोषणा गरेका डा. भीमबहादुर रावलले दिनभर नै बन्द सत्र स्थल छाडेका छैनन् । उनी आफूमात्र भए पनि अध्यक्षमा लड्ने भने पनि उनको स्वरलाई दबाइएको छ । तर उनले अडान छाडेका छैनन् ।
उनले लोकतान्त्रिक विधिबाट चुनाव हुनुपर्नेमा जोड दिँदै आएका छन् । शुक्रबारदेखि चितवनमा भइरहेको महाधिवेशन आजै राति सकिँदैछ ।