जिउँदो सुन कछुवासहित ४ जना पक्राउ परेका छन् ।
काठमाडौंको सोल्टिदोबाटोमा पहेलो सुन कछुवा विक्री गरिरहेको जानकारीपछि प्रहरी वृत कालिमाटीबाट खटिएको टोलीले चार जनालाई जिउँदो सुन कछुवासहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा बालाजु बस्ने ४४ बर्षीय सञ्जय तामाङ, तनहुँ सुधेकुना–१० घर भई हाल माछापोखरी बस्ने २२ बर्षीय प्रकाश खाती, दोलखा गौरीशंकर गाउँपालिका–८ घर भई हाल बुढानिलकण्ठ बस्ने ३३ बर्षीय राज कुमार तामाङ र तनहुँ भानु नगरपालिका–३ घरका हाल रानीबारी बस्ने ४२ बर्षीय हरि परियार रहेको प्रहरीले जनाएको छ ।
उनीहरूको साथबाट मोबाइल र पैसा बरामद गरिएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको छ ।
