नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत झापाका ५ वटै निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ ।
सोमबार सम्पन्न निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार निर्वाचन क्षेत्र नं १ मा ईन्द्रबहादुर बुढाथोकी विजयी भएका छन् । उनले आफ्ना प्रतिस्पर्धी गोपाल तामाङलाई पछि पार्दै जीत हासिल गरेका छन् । क्षेत्र नं २ मा खगेन्द्र मौनाली निर्वाचित हुन भएको छ । क्षेत्र नं ३ मा गणेश पोखरेल निर्वाचित भए । पोखरेलले आफ्ना प्रतिस्पर्धी राजेन्द्र घिमिरेलाई पराजित गर्दै सभापति बने ।
क्षेत्र नं ४ मा जयनारायण शाह निर्वाचित भए । शाहले आफ्ना प्रतिस्पर्धी नारायणप्रसाद बजगाईंलाई पराजित गरे । क्षेत्र नं ५ मा ढुण्डीराज भण्डारी निर्वाचित भए । भण्डारीले रोशनकुमार गौतमलाई पराजित गरे ।