आईसीसी टी–२० महिला विश्वकपअन्तर्गत एसिया छनोटमा नेपाल पहिलो हङकङसँग ६ विकेटले पराजित भएको छ ।
सोमबार दुबईमा भएको खेलमा नेपाललाई हङकङले ६ विकेटले पराजित गरेको हो ।
नेपालले दिएको १०५ रनको लक्ष्य हङकङले १८ ओभरमा ४ विकेट गुमाएर पार गर्यो ।
हङकङको जितमा ओपनर मारिको हिलले नटआउट ४४ रन जोडिन् । त्यस्तै, नतासा माइल्सले १६ रन, केरी चानले १७ रन र इमा लाइले नटआउट १३ रन बनाइन् ।
बलिङमा नेपालकी कविता कुँवर, सीता रानामगर र सबनम राईले १–१ विकेट लिइन् ।
यसअघि व्याटिङ गरेको नेपालका लागि सिता राना मगरले ४०, इन्दु वर्माले ३७ रन बनाएकी थिइन् ।
हङ्कङको बलिङमा बेट्टि चान र कारे चानले समान १ विकेट लिइन् ।
छनोटको दोस्रो खेलमा नेपालले मंगलबार भुटान, बिहीबार कुवेत, शुक्रबार मलेसिया र छनोटको अन्तिम खेलमा आइतबार घरेलु टोली युएईको सामना गर्नेछ ।