बागचौर नगरपालिका–४ का दिलबहादुर केसीले सामाजिक सञ्जाल फेसबुकमा सोही वडाका वडाध्यक्ष प्रेमबहादुर पुनलाई ‘छोटे राजा’ भन्दै स्टाटस लेखे । साथै केसीले वडा कार्यालयका बारेमा पनि स्टाटस लेखे ।
वडा कार्यालयका बारेमा अनावश्यक लेखेको र वडाध्यक्ष पुनको चरित्र हत्या हुने गरि ‘छोटे राजा’को संज्ञा दिएको भन्दै केसीलाई वडा कार्यालयबाट दिइने सेवाबाट बञ्चित गराइएको छ । वडा कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिमा केसीले गल्ती नसच्याएसम्म्म सेवाबाट बञ्चित गरिने चेतावनी दिइएको छ ।
वडाध्यक्ष पुन नेकपा माओवादी केन्द्रबाट निर्वाचित हुन् ।
वडा कार्यालयले जारी गरेको विज्ञप्ति:
