नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भूमिहीन सुकुम्बासीहरुलाई चुनाव अगाडि लालपूर्जा वितरण गर्ने दाबी गरेका छन्।
नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको मुख्य प्रशासनिक भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भूमि आयोग बनेको र आफ्नो दलले भूमि व्यवस्था मन्त्रालय लिएको बताए। उनले अघि भने, ‘हेर्नुहोला, चुनाव अगाडि लालपूर्जा वितरण गर्छौं।’ओली सरकारले बनाएको भूमि आयोग विघटन गरेर देउवा सरकारले नयाँ आयोग बनाएको छ।
माओवादी केन्द्रको भागमा परेको भूमि व्यवस्था मन्त्रालयमा शशी श्रेष्ठ मन्त्री बनेकी छन्।कार्यक्रममा प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिबाटै बाहिर पुर्याउने चेतावनी समेत दिएका छन्।