सिन्धुलीको कमलामाई नगरपालिका १३ रानीवासकी १८ वर्षीय स्वस्तिका बख्रेल एकदिने मेयर बनेकी छिन्। मेयर खड्गबहादुर खत्रीले तीन दिनपछि हुने अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा स्वस्तिकालाई पदभार ग्रहण गराएका हुन्।
शुक्रबार जनजाति विकास समाजले स्वस्तिकालाई कमलामाई नगरपालिकाको एकदिने नगर प्रमुख बन्ने मौका जुराइदिएको थियो। कक्षा १२ को परीक्षा सकेर बसेकी स्वस्तिका केही वर्षयता किशोरी र बालिकाहरुमा जनचेतनाका लागि सक्रिय छिन्।