नेपाली कांग्रेस बाजुराको सभापतिका रामसिंह रावल निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी कविराज पण्डितलाई हराउँदै रावल निर्वाचित भएका हुन् ।
कुल १ हजार १ सय ८२ मत खसेको थियो । रावलले अन्तिम परिणामअनुसार ६०५ मत ल्याएर रावल सभापतिमा निर्वाचित भएको निर्वाचित अधिकृत सन्तोष भण्डारीले बताए । उनका अनुसार पण्डितले ५६६ मत ल्याएका छन् । रावल वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका हुन् भने पण्डित प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा समूहका हुन् ।
पहिलो चरणको निर्वाचनमा कुनै उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि पुनः निर्वाचन भएको थियो । त्यस्तै उपसभापतिमा पदम बडुवाल, नारायण पाध्याय, सचिवमा तिलक पुरी र भरत रोकाया निर्वाचित भएका छन् ।