नेकपा माओवादी केन्द्रले आफ्नो भागमा परेका मन्त्री टुंगो लगाएको छ ।बुधबार बसेको माओवादी स्थायी कमिटी बैठकले मन्त्रीको नाम टुंगो लगाएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।
उनकाअनुसार देवेन्द्र पौडेल, शशी श्रेष्ठ, महेश्वर गहतराज र मोधमाया यादवको नाम टुंगो लगाइएको हो । ४ जनामध्ये बोधामाया राज्यमन्त्रीको भूमिकामा रहनेछिन् ।
यसअघि माओवादीको तर्फबाट देउवा सरकारमा दुई मन्त्री सहभागी भैसकेका छन् । जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जामन्त्रीको रुपमा रहेका छन् ।
माओवादीले आफ्नो भागमा परेका सबै मन्त्रीको नाम टुंगो लगाएको छ । आज छानिएका मन्त्रीहरुको मन्त्रालयबारे भने खुलाइएको छैन ।