डडेल्धुरामा कांग्रेसको भेलामा झडप भएको छ। नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा कांग्रेसकै दुई पक्षबीच झडप भएको हो। झडपमा परी ६ जना घाइते भएका छन्।
केन्द्रीय सदस्य अर्जुनरसिंह केसी, डा शेखर कोइराला र गुरुराज घिमिरे सहभागी भेलामा उक्त झडप भएको हो। भेलामा कार्यक्रम भइरहेका बेला देउवा पक्षले हस्तक्षेप गर्न खोजेपछि झडप भएको बताइएको छ।
अनशन स्थगित
विगत ११ दिनदेखि जारी राखेको रिले अनशन स्थगित गरेको छ। पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा जारी अनशन आइतबार स्थगित गरिएको हो। केन्द्रीय सदस्य अर्जुनरसिंह केसी, डा.शेखर कोइराला र गुरुराज घिमिरेले डडेल्धुरा पुगेरै माग सम्बोधन गर्नका लागि पहल गर्ने जनाएपछि तत्काललाई अनशन स्थगित गरिएको कार्यवाहक सभापति करुणाकर भट्टले जानकारी दिए।