नेकपा एमालको जरि बिधान महाधिवेशनले पार्टिको केन्द्रीय कमिटी बाहेकका कमिटीहरुमा रहने सदस्यहरूको सिलिङ तोकेको छ ।
कुनैपनि कमिटिको आधार संख्या ५० मानेर प्रदेश, पालिका र वडाको भार तोकिएको हो ।
ठूला कमिटीहरूले गर्र्दा पार्टी संगठन सञ्चालनमा अप्ठ्यारो भएपछि बिधान महाधिवेशनबाट सदस्यको सिलिङ तोकिएको नेकपा एमाने प्रदेश २ कि अध्यक्ष ज्वाला साहले जानकारी गराईन ।
अब उपरान्त नेकपा एमालेका सबै कमिटीको आधार संख्या ५० हुनेछ । प्रदेश कमिटीमा ५० सदस्य आधार रहने र प्रतिनिधिसभा निर्वाचन क्षेत्रका आधारमा एक क्षेत्र बराबर ५ जनाको दरले थप गरी प्रदेश समितिको निर्माण गरिने साहले जनाईन् ।
उदाहरणका लागि प्रदेश २ मा आधार संख्या ५० हुनेछ भने ३२ निर्वाचन क्षेत्रबाट पाँच–पाँच जनालाई थपेर २१० जनाको कमिटी बन्नेछ ।
जिल्ला कमिटीमा पनि आधार संख्या ५० राखेर प्रदेशसभा निर्वाचन क्षेत्रबाट १५ जनाको दरले थपिने व्यवस्था पार्टिको बिधानमन गरिएको प्रदेश अध्यक्ष साहले जनाईन ।
यस किशिमले एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका हिमालि जिल्लाहरुमा अब एमालेको जिल्ला कमिटी ८० सदस्यीय हुनेछ ।
पालिका कमिटीको हकमा पनि ५० आधार संख्या रहने र प्रत्येक वडाबाट ५ जनाको दरले सदस्य थपिने छन् ।