नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेको प्रमुख प्रतिस्पर्धी कांग्रेसलाई स्वीकारेका छन् । शुक्रबारबाट सुरु भएको पार्टीको प्रथम विधान महाधिवेशनमा अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा कांग्रेसलाई मुख्य प्रतिस्पर्धी मानेको हो ।
एमाले विभाजन गर्न अदालत, निर्वाचन आयोग र सभामुखले समेत सहयोग गरेको आरोप लगाएका उनले आफूले पार्टी एकताका लागि हदैसम्म लचक भएको जिकिर गरेका छन् ।ओलीले १० बुँदे सहमतिको पृष्ठभूमी केलाउँदै माधव नेपालको पार्टी विभाजन प्रयासमा साथ नदिने सबैलाई विशेष धन्यवाद र स्वागत गरेका छन् ।