नेपाली कांग्रेसको कृयाशिल सदस्यता सम्बन्धि बिवाद आज टुंगिदै छ । कांग्रेसको आसन्न १४ औ महाधिवेशनको मिति नजिकिदै जांदा कृयाशिल सदस्यता सम्बन्धि बिवाद समाधान हुन बाकि रहेको ४ जिल्लाको बिवाद आज समाधान हुने पार्टि श्रोतले जनाएको छ ।
बिवाद समाधान हुननसकेको बारा, रौतहट, सप्तरी र रसुवा जिल्लाको कृयाशिल सदस्यहरुको सुचि आजै बेलुका प्रकाशित हुने समेत श्रोतको दावि छ ।
पार्टि संस्थापन समुहले धांधलि गरी आफु निकटकालाई मात्र कृयाशिल सदस्यता दिएको भन्दै देशैभरका करिब बिस जिल्लाका नेता कार्यकर्ता आन्दोलित भएका थिए ।
सबैभन्दा बढि बिवादित रहेको बारा जिल्लाको समस्या भने आजै समाधान हुने बुझिएको छ । नेपालि कांग्रेसका नेता तथा नेपाल बिधार्थि संघका निवर्तमान सहमहामन्त्री राजेश रौनियारले सहमति भईसकेको र आजै सदस्यता सुचि सार्वजनिक हुने बताए ।
बाराको ४ क्षेत्र मध्ये क्षेत्र नं.१ र ४ को सम्पुर्ण तथा क्षेत्र नं.२ को १७ वडाको सदस्यता स्थगित गरिने र क्षेत्र नं.३ को सम्पुर्ण सदस्यता लाई मान्यता दिने सहमति भएको रौनियारले जनाए ।
बारा जिल्लामा संस्थापन समुहले एकलौटि रुपमा ईकाई सभापतिहरुलाई बाईपास गरी पार्टि कब्जा गर्नखोजेको रामचन्द्र पौडेल समुहको आरोप रहेको थियो ।
पौडेल समुहका नेता कार्यकर्ताहरुले करिब २ महिना पार्टि केन्द्रिय कार्यालय सानेपामा धर्ना प्रदर्शन समेत गरेका थिए ।
धर्ना र आन्दोलनकै कारण कांग्रेसको १४ औ महाधिवेशनको कार्यतालिका पटक–पटक परिवर्तन भएको थियो ।
सुचि प्रकाशित भएसंगै पार्टिको कृयाशिल सदस्यता सम्बन्धि सम्पुर्ण बिवाद समाधान हुने र बांकि रहेका जिल्लामा समेत वडा तथा पालिका अधिवेशन सम्पन्न हुनेछ ।