के तपाई मेरो शेयरको पासवर्ड बिर्सीनुुभयो यदि बिर्सीनुभएको छ भने चिन्ता न मान्नुुस् किनभने अब तपाई आफैले मेरो शेयरको पासवर्ड रिसेट गर्न सक्नुहुनेछ ।
सीडीएससी एण्ड क्लियरिङ लिमिटेडले मेरो शेयरको पासवर्ड बिर्सिएमा आफैले रिसेट गर्न सकिने सुविधा उपलब्ध गराएको छ ।
मेरो शेयरको पासवर्ड बिर्सिएमा यो सुबिधा मार्फत डीपीमै सम्पर्क गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।
मेरो शेयरको पासवर्ड रिसेट गर्न शुरूमा मेरो शेयर लगइन गर्नुपर्ने छ । त्यसपछि तल ‘फर्गेट योर पासवर्ड’ भन्ने अप्समा जानुस् । अनि उक्त अप्सनमा क्लिक गर्नुहोस् र डीपी, युजर नेम, इमेल तथा जन्म मिति राखेर सेन्ड गर्नुहोस् । यति गरेपछि प्रयोगकर्ताले सीडीएससीबाट इमेलमा पाएको निर्देशनका आधारमा पासवर्ड रिसेट गर्न सक्नेछन् ।