अपार्टमेन्ट भाडामा लिएर यौन व्यवसाय सञ्चालन गरेको आरोपमा सातजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२८ ढल्कु बस्ने झापा दमक नगरपालिका–७ का ५० वर्षीय राजेश अग्रवाल, काठमाडौं महानगरपालिका–६ कुमारीगाल बस्ने रुकुम पेउघाट गाउँपालिका–८ की २३ वर्षीया ललिता विक, काठमाडौं बूढानीलकण्ठ नारायणस्थान बस्ने बर्दिया ठाकुरबाबा नगरपालिका घर भएका २९ वर्षीय सुनिल बिष्ट रहेका छन् ।
त्यसैगरी ललितपुर महानगरपालिका–८ पाटन सुन्धारा बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका–३ सानो पोखराकी ४२ वर्षीया गीता खड्गी, काठमाडौं महानगरपालिका १६ बालाजु बस्ने २४ वर्षीया क्रिष्टिना केसी, काठमाडौं काँडाघारी बस्ने सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–३ बाह्रबिसेकी २५ वर्षीया निर्मला न्यौपाने र काभ्रे पनौती नगरपालिका ७ घर भएका ३३ वर्षीय प्रतीक कर्माचार्य पक्राउ परेका छन् ।
महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार उनीहरुले ललितपुर महानगरपालिका–३ कान्तिपुर हाइटस्थित अपार्टमेन्टमा अवैध रुपमा यौन व्यवसाय संचालन गर्दै आएका थिए ।
उनीहरुको थप अनुसन्धानका लागि जिल्ला अदालत ललितपुरबाट ७ दिन म्याद थप गरिएको छ ।