नेकपा एमाले वाग्मती प्रदेश संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य सर्वसम्मतले चयन भएकी छन् ।
बुधबार हेटौंडामा बसेको एमाले संसदीय दलको बैठकले शाक्यलाई संसदीय दलको नेतामा सर्वसम्मतले चयन गरेको हो ।
एमाले स्रोतका अनुसार शाक्य बुधबार साँझै वा बिहीबार बिहानसम्म वाग्मती प्रदेशको मुख्यमन्त्री बन्नेछन् । त्यसका लागि मुख्यमन्त्री डोरमणी पौडेलले राजीनामा दिँदैछन् ।
बाग्मती प्रदेशमा एमालेको एकल बहुमत छ। बहुमत प्राप्त दलको संसदीय दलको नेता स्वत: मुख्यमन्त्री बन्ने व्यवस्था छ ।
एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षकी प्रभावशाली नेतृ शाक्य पछिल्लो समय पार्टी विपक्षमा उभिएकी थिइन् । नेपालले एमाले फुटाएर नयाँ दल दर्ता गर्ने निर्णय गरे पनि उनी त्यसमा लागेकी छैनन् ।