काठमाडौं - भदौमा हुने भनिएको काङ्ग्रेस महाधिवेशन सरेको छ ।
अब नेपाली काङ्ग्रेसको महाधिवेशन आउँदो मंसिर ९ देखि १३ गतेसम्म आयोजना हुनेछ ।
शनिबार बसेको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको हो । भदौ २ गतेभित्र क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने र वडा अधिवेशन भदौ १८ गते गर्ने निर्णय भएको केन्द्रीय सदस्य मीन विश्वकर्माले बताए । नयाँ कार्यतालिका
१. कृयाशिल सदस्यको अन्तिम नामावली बुझाउने: २०७८/५/२
२. निर्वाचन निर्देशिका बुझाउने: २०७८/५/२
३. वडा अधिबेशन : २०७८/५ /१८
४. गाउँ/नगर पालिका: २०७८/५/ २७
५. प्रदेश क्षेत्र क/ख: २०७८/६/१
६. संघिय निर्वाचन क्षेत्र : २०७८/६/ ५
७. जिल्ला : २०७८/६/१०
८. प्रदेश: २०७८/७/१०-१२
९. केन्द्रीय : २०७८/८/ ९-१३