सत्तारुढ दलहरुको कार्यदलले तयार पारेको प्रतिवेदनको विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रले आज स्थायी कमिटीको बैठक बोलाएको छ। पार्टी कार्यालयका सचिव श्रीराम ढकालका अनुसार आज अपरान्ह चार बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बोलाइएको छ।
संयुक्त सरकारको सत्ता संचालनका लागि न्युनतम साझा कार्यक्रम तय गर्दै तयार पारेको प्रतिवेदन आजै कार्यदलले शुक्रवार बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ दलका नेताहरुलाई बुझाएको छ। प्रतिवेदनमा सरकार सञ्चालनका मापदण्ड, मन्त्रीहरुको आचारसंहितासमेत उल्लेख गरिएको छ। आज बस्ने बैठकमा मन्त्री छनोटको विषयमा समेत छलफल हुने बताइएको छ।
यसअघि, माओवादी केन्द्रले कार्यदलको प्रतिवेदनपछि मन्त्री छनोट गरिने जनाएको थियो।