नेकपा माओवादी केन्द्रकी लुम्बिनी प्रदेशसभा सांसद विमला वलीले आफूलाई जबरजस्ती मुख्यमन्त्री शंकर पोखरेलको निवासमा पु¥याइएको बयान सार्वजनिक गरेकी छन्।
आफू माओवादी केन्द्रमै रहेको स्पष्ट पार्न बिहीवार आयोजित पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा नेपालगञ्ज जाने भनेर गाडीमा बसाइएको भएपनि आफूलाई बुटवलको मुख्यमन्त्री कार्यालय पुर्याइएको बताइन्। मुख्यमन्त्री निवासमा पुर्याएर मुख्यमन्त्री पोखरेलले नेकपा एमालेमै फर्किन दबाब दिएको उनले बताइन्।
नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकाल र नेता मानबहादुर रावतले आफूलाई तुलसीपुरस्थित घरबाट नेपालगञ्ज जान भनी गाडीमा बसाएर बुटवल पुर्याएको बताइन्।
यस्ताे छ विज्ञप्ति:

